
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तनहुँको दमौलीमा कालो झण्डा देखाइएको छ ।
शुक्रबार चितवनको कार्यक्रम सकेर दमौलीको कार्यक्रममा सहभागी हुन लामिछाने तनहुँ पुगेका थिए । दमौली चुनावी कार्यक्रममा सहभागी हुन जाँदा उज्यालो नेपाल पार्टी (उनेपा)का कार्यकर्ताले लामिछानेलाई कालो झण्डा देखाएका हुन् ।
लामिछानेलाई कालो झण्डा देखाउने उनेपाका सात कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरीले उनीहरूलाई निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा पक्राउ गरेको हो । यसमा कारबाही गर्न निर्वाचन आयोगलाई नै जिम्मा लगाइने उनले बताए ।










Facebook Comments