
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तनहुँको दमौलीमा कालो झण्डा देखाइएको छ।
पूर्वऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरूले रविलाई कालो झण्डा देखाउँदै विरोध जनाएका हुन् ।
चितवन हुँदै तनहुँ सदरमुकाम दमौलीमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका बेला लामिछानेले विरोधको सामना गर्नुपरेको हो । उज्यालो कार्यकर्ताले राजमार्गमै बसेर रविलाई कालोझण्डा देखाए ।
उज्यालोका कार्यकर्ताले रविलाई कालो झण्डा देखाउनुको कारण खुलेको छैन । यहाँ उज्यालोबाट मञ्जिल रानाले उम्मेदवार छन् । चितवनमा सँगै भए पनि वरिष्ठ नेता बालेन्द्र साह भने तनहुँ गएका थिएनन्।
उज्यालो नेपालका कार्यकर्ताको विरोधका क्रममा प्रहरीले हस्तक्षेप गर्दा केही बेर तनाव पनि भयो । कालोझण्डा देखाउनेहरू केहीबेर प्रहरीको नियन्त्रणमा पनि परे।
पुरुष प्रहरीले महिलालाई समेत समातेको र धकेलेको बताउँदै उज्यालो नेपाल कार्यकर्ता दमौली बजारको सडकमै धर्ना बसेका छन् ।
रास्वपा र उज्यालो नेपालबीच गत पुस १४ गते एकता भएको थियो । तर उक्त एकता १२ दिनपछि पुस २६ गते तोडिएपछि कुलमानले उज्यालो नेपालको अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।










Facebook Comments