
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड २१ फागुनअघि आफ्नो निर्वाचन क्षेत्र रहेको पूर्वी रुकुम नजाने भएका छन् । उनी मतगणनाको क्रममा मात्रै जान लागेका हुन् ।
निर्वाचित भएपछि प्रमाणपत्र लिन मात्रै प्रचण्ड रुकुम जाने तयारीमा रहेको प्रचण्डनिकट स्रोतको भनाइ छ । ‘अब संयोजक प्रचण्ड प्रमाणपत्र लिन मात्रै जानुहुन्छ,’ स्रोतले भन्यो, ‘त्योभन्दा अघि केही जिल्लाका सभामा जानुहुन्छ ।’
भोलि रोल्पाको चुनावी सभामा सम्बोधन गर्न लागेका प्रचण्ड त्यसपछि अन्य केही जिल्लाका सभामा सहभागी हुने कार्यक्रम रहेको माओवादी स्रोतको भनाइ छ ।




Facebook Comments