
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाएका छन् ।
झापाको दमकमा आज अनेरास्ववियुले आयोजना गरेको एक कार्यक्रममा उनले चुनावलाई निष्पक्ष, धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको आरोप पनि लगाए । उनले आगामी चुनावबाट एमाले देशकै पहिलो शक्ति बन्ने दावी समेत गरे । उनले एमालेले देशमा देखिएका समस्याहरुको समाधान निकाल्ने पनि बताए ।
मुलुकको सार्वभौम संसदलाई ध्वङ्सको माध्यमबाट बलजफ्ती विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको उनको भनार्इ थियो । उनले देशमा आई परेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको समेत बताए। उनले युवाहरूलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यस्ता भ्रमहरू चिर्ने काममा लाग्न आग्रह गरे।









Facebook Comments