काठमाडौं । नेपाल कांग्रेसका सभापति गगनकुमार थापाले कुनै एउटा व्यक्ति आएर मुलुकमा चमत्कार नहुने भन्दै मुलुक बनाउनका लागि सिस्टम बनाउनुपर्ने बताए ।

आज बुटवलमा आयोजित चुनावी सभामा बोल्दै सभापति थापाले कुनै एक व्यक्तिले मात्र पनि मुलुक बनाउने होइन, मुलुक बनाउने टिमले हो र नेपाली कांग्रेस टिमसहित आएको पनि स्पष्ट पारे । उनले सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र रहेको पनि बताए ।

ad

आफ्नो पार्टीभित्रको आन्तरिक विवाद मात्र होइन राष्ट्रिय मुद्दामा अन्य दललाई समेत मिलाएर अगाडि बढ्ने तागत कांग्रेससँग छ, उनले भने । उनले यही कारणले पनि कांग्रेसलाई भोट नहाल्ने कुनै कारण नभएको बताए । उनले उम्मेदवारसँगै कांग्रेस नेता कार्यकर्ताहरूलाई निर्देशन दिँदै भने, “कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन, घर घरमा गएर रूखमा मतदान गरेर कांग्रेसलाई जिताउँ भनेर आग्रह गर्नुहोस् ।”

सभापति थापाले सामाजिक सञ्जालमा अड्केर नबस्न पार्टी कार्यकर्ताहरुलाई आह्वान समेत गरे । घर–घरमा जानुहोस् हाम्रो बारेमा सबै कुरा गर्नुहोस्, उनले भने ।