काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशअनुसार  उनी बिहीबार राति रिहा भएका हुन् । 

उनलाई फागुन ५ गते पक्राउ गरी सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाई १० दिनसम्म हिरासतमा राखिएको थियो । 

ad

तर बास्तोलाको पक्राउ गैर कानुनी भन्दै ११ गते बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको थियो । बिहीबार नै अदालते बास्तोलालाई हिरासतबाट रिहा गर्न आदेश दिएको थियो । 

सो उपर सुनुवाइ गर्दै आज महासचिव बास्तोलाको पक्राउलाई गैरकानुनी घोषित गरी थुनामुक्त गर्नू भनी सर्वोच्चले आदेश गरेको हो ।