
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने बताएका छन् । चुनाव केन्द्रित कांग्रेसका सभालाई सम्बोधन गर्ने कार्यक्रमअन्तर्गत उनी आज बाँके पुगेका हुन् ।
बाँकेको जानकी गाउँपालिका–३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति थापाले आगामी चुनावपछि काम गरेर देश अघि बढाउनुपर्ने बताए ।सुशासनका लागि आगामी ५ वर्षका लागि कांग्रेसले ‘एक्स्ट्रा अर्डिनरी’ तरिकाले काम गर्नुपर्ने उनको भनाइ थियो ।
बाँकेका मतदातालाई सम्बोधन गर्दै थापाले स्व. सुशील कोइरालाले बनाएको संविधानको राजमार्गमा कांग्रेसको गाडी रफ्तारमा दौडाउने उल्लेख गरे । मतदातालाई घरघरमा गएर रुखमा मतदानका लागि अनुरोध गर्न उनले निर्देशन दिए ।
विसं २०४६ पछिका भ्रष्टाचारका मुद्दा छानबिन गर्ने भन्दै सभापति थापाले हिजो गरेका गल्ति सच्याउनुपर्ने र हिजोको फोहर सफा गरिने बताए । सभापति थापाले पार्टी एकढिक्का रहेको र कुनै समस्या नभएको बताए ।










Facebook Comments