काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चुनावको मुखमा बुधबार राती स्वास्थ्य उपचारको लागि भन्दै सिंगापुर प्रस्थान गरेका छन् ।  

आफ्ना स्वकीय सचिव भानु देउवालाई लिएर सिंगापुर प्रस्थान गरेका हुन् । रक्तचाप उच्च रुपमा बढिरहे पछि बुधबार राति ११ः ३० बजे सिंगापुर एयरलाइन्सको उडानबाट देउवा सिंगापुर प्रस्थान गरेको स्रोतले जनाएको छ । पार्टीको विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्वमा गगन थापा आएपछि देउवा पार्टी राजनीतिमा पूर्णरूपमा निष्क्रिय छन् ।

ad

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवा दम्पत्तिमाथि बुढानिलकण्ठस्थित उनकै निवासमै कुटपिट भएपछि उनी गम्भीर घाइते भएका थिए ।  

त्यतिबेला पनि उनी सिंगापुरमा १८ दिन उपचार गरेर कात्तिक २८ गते नेपाल फर्किएका थिए । देउवा फेरि फलोअपका लागि सिंगापुर उडेको उनी निकट स्रोतले जनाएको छ ।  देउवा फागुन १९ गते मंगलबारका दिन फर्किने तालिका रहेको पनि स्रोतले जनाएको छ।