भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका उम्मेदवार कविर राणाले मतदातासंग भेटघाट तथा घरदैलो अभियान तीब्र बनाएका छन् ।

 उनले निर्वाचन क्षेत्र अन्तर्गत सूर्यविनायक नगरपालिका र मध्यपुर नगरपालिकाका विभिन्न टोलका मतदाताहरुसंग भेट्न घरदैलो गरिरहेका छन् । उम्मेदवार कोइरालाले आज सूर्यविनायक नगरपालिकाको वडा नम्बर ६ को पाण्डुबजार, सूर्यविनायक, कटुञ्जेका मतदाताहरुसंग भेटघाट गरेका छन् ।

ad

आजै अपरान्ह मध्यपुर ठिमी नगरपालिका वडा नं ३ कौशलटारमा नेपाली कांग्रेसले चुनावीसभा समेत गर्ने भएको छ । चुनावी सभामा कांग्रेस नेता तथा उम्मेदवारले बोल्ने कार्यक्रम छ । 

भेटघाटका क्रममा स्थानीयले आफ्नो क्षेत्रका समस्याका बारेमा कुरा सुनाउँदै समाधानका लागि पहल गर्न अनुरोध गरेका छन् । मतदाताहरुका समस्या गम्भीरतापूर्वक सुन्दै उम्मेदवार राणाले आफू निर्वाचित भएमा जनताका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता गरे । उनले आफूले समुदायका समस्यालाई नजिकसँग बुझेकाले ती समस्या समाधानका लागि नीतिगत रुपमा व्यवस्थापन गर्ने समेत बताए ।