
काठमाडौं । सरकारले उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्टलाई नियुक्ति गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले न्याय परिषद्को सिफारिसबमोजिम नियुक्ति गरेको हो ।
गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार काठमाडौं जिल्ला न्यायाधीश भट्टलाई सो अदालतको अध्यक्षमा नियुक्त गरिएको हो ।
कानुन र न्याय क्षेत्रमा करिब दुई दशकभन्दा बढीको अनुभव प्राप्त गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) डिग्री हासिल गरेका छन् । उनीसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा अनुसन्धान र प्रशिक्षण गरेको विशेष अनुभव रहेको छ ।










Facebook Comments