काठमाडौं । आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै भक्तपुर क्षेत्र नं २ मा चुनावी रौनकता बढेको छ ।


आफ्नो प्रतिज्ञापत्रसहित नेपाली कांग्रेसका उम्मेदवार कविर राणा घरदैलो अभियानमा छन् भने चुनावी सभासहित प्रचारप्रसार सुरु भएको छ । नेपाली कांग्रेसका उम्मेदवार राणाको आज घरदैलो कार्यक्रम सुर्यविनायक नगरपालिकाको वडा नं ५ मा सम्पन्न भएको छ । आजै अपरान्ह मध्यपुर ठिमी नगरपालिका क्षेत्रको बोडेमा चुनावी सभा हुने कार्यक्रम रहेको भक्तपुर कांग्रेसका नेताहरुले बताएका छन् ।

ad

क्षेत्र नं २ अन्तर्गत मध्यपुर र सूर्यविनायक नगरपालिकाको विभिन्न वडा र टोल टोलमा पुगेर राणाले मतदाताहरुसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेण्डाहरु प्रस्तुत गरी मत मागिरहेका छन् । भक्तपुर क्षेत्र नं २ को समग्र विकास, पारदर्शी शासन प्रणाली र सुशासन कायम गर्ने प्रतिवद्धता व्यक्त गर्दै राणाले मतदाताहरुको साथ र समर्थन मागिरहेका छन् । घरदैलो कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा युवाहरुको उल्लेखनीय सहभागिता रहँदैं आएको छ ।

घरदैलोमार्फत टोल टोलमा पुगेर राणाले जेष्ठ नागरिक, युवा तथा व्यवसायी, महिलाहरुसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्र नं २ को समग्र विकासको लागि प्रतिवद्धता व्यक्त गर्दै आएका छन् ।