काठमाडौँ । नेपाली कम्युनिस्ट पाटी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निकै महत्त्वपूर्ण हुने दावी गरेका छन् ।

नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा एमाले निकट मुक्ति समाज दोलखाका नेता तथा कार्यकताहरुलाई पार्टी प्रवेश कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा अधिकांश क्षेत्रमा नेकपाको जित सुनिश्चित रहेको पनि जिकीर गरे । प्रचण्डले नेकपा गठन भएपछि ध्रुवीकरणको नयाँ माहौल बनेको भन्दै फेरी सबै वामपन्थी कम्युनिस्ट एकै ठाउँमा हुने पनि बताए ।
देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिस्टहरू एकजुट भएर अघि बढ्न जरुरी रहेको उनको भनाई थियो । 

ad