काठमाडौं । सिंहदरबार जलाएको आरोपमा पक्राउ परेका एक जना आरोपीलाई सरकारी वकिलले मुद्दाबाट उन्मुक्ति दिएको छ । 

चितवनको खैरहनी नगरपालिका–९ घर भएर अनामनगर बस्दै आएका महेन्द्र गौतमलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरी काफ्लेले मुद्दा नचलाउने निर्णय गरेका हुन् ।

ad

प्रहरीले अनुसन्धान प्रतिवेदन पेस गरेपछि फागुन ८ मा सरकारी वकिलले उनको मुद्दा अदालत नलैजाने निर्णय गरेको थियो । महान्यायाधिवक्ता सविता भण्डारीको निर्देशनमा उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको जिल्ला सरकारी वकिल कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । माघ २२ मा प्रहरीले पक्राउ गरेर उनीविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो ।  

महान्यायाधिवक्ता भण्डारीले यसअघि आफ्नो स्वार्थ बाझिने ‘होप फर्टिलिटी सेन्टर’ पनि पनि डिम्ब तस्करीमा उन्मुक्ति दिएकी थिइन् ।

भण्डारीले केही समयअघि सहरकारी ठगीमा संलग्न आरोपी रवि लामिछाने, छविलाल जोशी र जीवी राई सहित ५० जनाभन्दा धेरैको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको अभियोगपत्र फिर्ता लिने निर्णय गरेकी थिइन् । गत भदौमा भएको जेनजी आन्दोलनमा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जलाइएको थियो।