काठमाडौं । काठमाडौंको तारेभिर जंगलमा लागेको आगो सिम्रिक एयरको हेलिकोप्टरको मद्दतमा नियन्त्रणमा लिइएको छ।

गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखान बालुवास्थित शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर जंगलमा बिहान पौने १० बजेदेखि आगलागी सुरु भएको थियो।

ad

आगो नियन्त्रणमा लिन गृह मन्त्रालयको निर्देशन र काठमाडौं जिल्ला प्रशासन कार्यालयले समन्वयमा सिम्रिक एयरको हेलिकोप्टरको मद्दत लिइएको थियो।

एयरले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत हेलिकोप्टरको मद्दतले आगलागी नियन्त्रणमा लिइएको थियो।

हेलिकोप्टरबाट १३ पटक पानी ओसारेर नियन्त्रणमा लिइएको गृह मन्त्रालयकी सहसचिव तथा सूचना अधिकारी रमा आचार्यले जानकारी दिइन्। यसरी बस्तीतिर आगो फैलिनबाट रोकिएको थियो।

आगो नियन्त्रणमा लिन स्थानीय, सुरक्षाकर्मी र अन्य कर्मचारीहरू समेत खटिएका थिए।