
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव स्थगित गर्न अझै पनि विभिन्न प्रयासहरु भईरहेको दावी गर्दै राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताएका छन् ।
झापाको दमकमा आज आयोजित एक कार्यक्रममा उनले निर्वाचनको तयारीमा राज्य र उम्मेदवारहरूको ठूलो धनराशी खर्च भइसकेकोतर्फ ध्यानाकर्षण पनि गराए ।
‘हामी अब चुनाव होस् भन्ने पक्षमै छौं, उनले भने । अहिले अन्तिम समयमा आएर चुनाव हुँदैन भन्नु गलत भएको ओलीले बताए । ओलीले उपयुक्त समय आएपछि संविधान संशोधन गरिने पनि बताए ।










Facebook Comments