
काठमाडौं । दाङमा नेकपा एमालेको झण्डा जलाएको विरोधमा शनिबार साँझ डोटीमा मसाल जुलुस प्रदर्शन गरिएको छ ।
एमालेनिकट नेशनल भोलेन्टियर फोर्सका सुदूरपश्चिम सहकमान्डर दीपेन्द्र खड्का नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय डोटी अगाडि मसाल बालेर विरोध जनाएको हो ।
नेसनल भोलेन्टियर फोर्स, राष्ट्रिय युवा संघ र अनेरास्ववियुले संयुक्त रूपमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
दलले शान्तिपूर्ण गतिविधि गर्नपाउने संवैधानिक अधिकारविपरीत निर्वाचनको मुखमा पार्टीको झण्डा जलाउनु गैरराजनीतिक र गैरकानुनी भएको प्रदर्शनकारीहरूले बताएका छन् ।
एमाले डोटीले दोषीमाथि तत्काल कारबाही हुनुपर्ने माग गरेको छ ।










Facebook Comments