नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणाले ललितपुर क्षेत्र नम्बर १ मा आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र बनाउनुभएको छ। यसै क्रममा आज गोदावरी नगरपालिका वडा नम्बर १ गोदामचौरमा आयोजित घरदैलो कार्यक्रममा स्थानीय मतदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। गोदामचौरवासीले नेता राणालाई टीका र माला लगाएर भव्य स्वागत गरेका थिए।

ललितपुर-१ मा केन्द्रीय स्तरकै सबैभन्दा प्रभावशाली र 'हेभीवेट' उम्मेदवारका रूपमा हेरिएका राणाको पक्षमा यतिबेला जनलहर बढ्दो देखिएको छ। अमेरिकाबाट उच्च शिक्षा हासिल गर्नुभएका राणालाई भ्रष्टाचार विरोधी अभियान र सुशासनको पर्यायवाचीका रूपमा स्थानीयले चित्रण गर्ने गरेका छन्। स्वच्छ छवि, नीतिगत स्पष्टता र सेवामूलक राजनीतिको प्रतीक मानिने उहाँको उम्मेदवारीले विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य र शान्तिको क्षेत्रमा ठोस परिवर्तन आउने विश्वास मतदातामा पलाएको छ।

ad


राजनीतिक रूपमा पनि यो क्षेत्रमा नेपाली कांग्रेसको पकड निकै बलियो छ। यस क्षेत्रका ३० मध्ये २२ वटा वडा कांग्रेसले जितेको छ ।  चारवटै स्थानीय तहमा पनि कांग्रेसकै पक्कड  छ। बलियो संगठन र राणाको व्यक्तिगत छवि तथा विकासप्रेमी कार्यशैलीका कारण यसपटक उहाँको जित सुनिश्चित रहेको स्थानीयहरू बताउँछन्। आफ्नो क्षेत्रको प्रतिनिधित्व केन्द्रमा सशक्त ढंगले गर्न सक्ने र सुशासन कायम गर्न सक्ने क्षमता भएकै कारण युवादेखि वृद्धवृद्धासम्मले राणालाई आगामी नेतृत्वको रूपमा स्विकारेका छन्।