
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले देश भत्काउने र बनाउनेबीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै गरेको बताएका छन् ।
एमालेको घोषणापत्र जारी गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकातिर आवेग, आक्रोश र अर्कोतिर विवेक र जिम्मेवारी रहेको बताएका छन् ।
अध्यक्ष ओलीले विगतमा ठूला पार्टी मिलेकै कारण देशमा संकट नआएको दावी समेत गरेका छन् । बरु नेपालको स्थायित्व र समृद्धि देख्न नसक्ने शक्तिले षडयन्त्रपूर्वक घटना घटाइएको ओली बताए । देशलाई संवैधानिक संकटमा लैजान जेनजी कुनै मागविना प्रतिनिधिसभा विघटन गरिएको ओलीको जिकिर छ ।
संविधानको रक्षा गर्न जनताले यसको जवाफ खोज्नैपर्ने ओलीले बताए । उनले आज नयाँ कि पुरानो भन्ने असान्दर्भिक भाष्य खडा गर्ने प्रयत्न भएकोबारे उल्लेख गर्दै आज नयाँ भनिएका कोही पनि नयाँ नभएको टिप्पणी गरे । उनले भने–भ्रममा पर्न हुन्न, नयाँ भनिने समेत कोही पनि परीक्षण हुन बाँकी छैनन् । चर्चामा रहेका पात्रहरुले स्थानीय होस् कि संघीय सरकार, त्यसमा सहभागी भई आफ्नो क्षमता र हैसियत देखाईसकेका छन् ।’










Facebook Comments