काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब सबैका अलग–अलग सटर बन्द गर्नुपर्ने बताएका छन् ।

धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर आएको पनि बताए । उनले सिंहदरबार बनाउने मात्रै नभई बदल्ने पनि बताए । उनले सधैँ नेताले जित्ने र जनताले हार्ने भएको बताउँदै  अगाडि भने–यसपाला जनताले जित्ने हो । 

ad

उनले भारतमा रहेका सुदूरपश्चिमेलीलाई चुनावमा भाग लिन आउन समेत आग्रह गरे । उनले भने– हामी इतिहास बदल्ने सोचले आएका छौं । देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर आएका छौँ, यस पटक मत नबाँड्नु होला । यो ऐतिहासिक अवसर हो ।