काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै आफू भोटभन्दा पनि काम माग्न आएको बताएका छन् ।

आज धनगढीमा चुनावीसभामा पहिलो पटक छोटकरीमा बोल्दै उनले भने– राष्टिय स्वतन्त्र पार्टी भोट माग्न आएको हैन । काम माग्न आएको हो । तपाईंहरूले भोट नदिए पनि काम गर्छ ।

ad

तपाईंहरूले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिममा काम गर्छ । हाम्रा उम्मेदवारलाई हाम्रो कामको लिस्ट दिनुस्, उनले भने ।  
रास्वपाबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेनले आफूले धेरै नबोल्ने भन्दै छोटो मन्तव्य व्यक्त गरेका थिए ।