
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो दलका रूपमा आउने दावी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय, सानेपामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले विगतमा पार्टी छाडेर जानेहरू फर्किने क्रम बढिरहेको पनि बताए । उनले पार्टी सभापति गगन थापा प्रधानमन्त्री बन्ने गरी देशव्यापी रुपमा ‘मुभमेन्ट बढिरहेको पनि प्रष्ट पारे ।
उनले भने– नागरिक पंक्तिले परिवर्तन खोज्नु भएको हो भने जेनजी मुभमेन्ट पछाडि परिवर्तन नै भएर आएको कांग्रेस हो । जो आफूलाई बदल्न सक्छ, त्यसले नै देशलाई बदल्न सक्छ ।










Facebook Comments