
काठमाडौँ। आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा सिन्धुली क्षेत्र नं १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका प्रभावशाली नेता उज्ज्वल बराल यतिबेला मतदाताहरुको घरदैलोमा पुग्दै मत मागिरहेका छन् ।
झण्डै ४ दशक लामो अविचलित राजनीतिक यात्रा र पार्टी संगठनमा जीवन व्यतित गरेका बरालको त्याग र निष्ठाको सिन्धुली जिल्लाभरि नै निकै चर्चा हुने गरेको छ ।
नेपाल विद्यार्थी संघको नेतृत्वदायी भूमिकाबाट राजनीति शुरु गरेका बरालले २०४३ सालमा जिल्ला अध्यक्ष, २०५३ मा सचिव र २०७२ मा जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन्। भर्खरै सम्पन्न नेपाली कांग्रेसको २०८२ को दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनको राजनीतिक उचाइ पनि थपिएको छ।
सिन्धुलीको राजनीतिक वृत्तमा सादगी र वैचारिक स्पष्टता भएका नेताका रूपमा परिचित बरालले यसपटक संगठन सुदृढीकरण र नीतिगत परिवर्तनलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाउँदै मतदाताहरुसमक्ष पुगेका छन् ।
बरालले आफ्नो उम्मेदवारीलाई पार्टीप्रतिको निष्ठा र त्यागको सम्मानका रूपमा लिएका छन् । बरालले नेपाली कांग्रेसको परम्परागत आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादसँगै अब बदलिएको परिस्थिति अनुसारका एजेन्डाहरूलाई अगाडि बढाउने बताएका छन् ।
उनको प्रतिस्पर्धामा नेकपा (एमाले)का प्रदीप कटुवाल छन् ।










Facebook Comments