
काठमाडौं । नेपाली कांग्रेसले आज सार्वजनिक गर्न लागेको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट पारित गरेको छ । सभापति गगन थापाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन –२०८२ का लागि पार्टीको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए ।
कांग्रेसले आज जनकपुरबाट प्रतिज्ञा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । प्रतिज्ञा पत्रमा कांग्रेसले ५ वर्षमा पार्टीले गर्ने मुख्य १० भिजन समेटेको छ ।
प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।










Facebook Comments