
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको र त्यसलाई सम्बोधन गर्न सुधार आवश्यक रहेको बताउँदै सुधारको ग्यारेन्टी लिएर आफूहरू उभिएको स्पष्ट पारेका छन् ।
आज राजधानीमा आयोजित कार्यक्रममा उनले अबको ५ वर्ष खेर नफाल्ने गरी संकल्प र योजनासहित आफूहरू आएको बताए । नेपालको यो पाँच वर्ष खेर फाल्न हुन्न, गएको १०/१२ वर्ष जसरी विकास हुनुपथ्र्यो, त्यो हुन सकेन, उनको भनाई थियो । देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने थापाको भनाइ छ ।
देश उत्तेजनाले मात्रै बदलिन्न । देश रिसले बदलिन्न, आवेगले बदलिन्न । म असल, बाँकी रहेका सबै खराब भनेर देश बन्दैन, उनले बताए ।










Facebook Comments