काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ।

सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका  रहेका मेडिकल व्यवसायी प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार प्रशासनमा पेस गरेको थियो।

ad

निर्वाचनसम्बन्धी अफवाह फैलाएर शान्ति खलल गरेको आरोपमा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरिएको र सोही कसुरमा अनुसन्धानका लागि म्याद थप भएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। 

प्रसाईंले फागुन २१ मा निर्वाचन हुँदैन भन्दै हिँडेका थिए। यसअघि पनि उनी विभिन्न कसुरमा पटक पटक पक्राउ परेका थिए। 

केही दिनअघि वीरगन्ज जान लागेका बेला चाल्नाखेलबाट र त्यसअघि पोखराबाट पनि उनलाई पक्राउ गरिएको थियो।