
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारलाई हतोत्साही पनि नबनाइदिन उनले आग्रह गरेका छन् । निर्वाचन आचारसंहिता निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम भएको उनको भनाइ छ ।
आयोगले मंगलबार आयोजना गरेको मतदाता शिक्षा एवं निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जालका संघसंस्था तथा कलाकारहरूसँग अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।
आयोगले मिथ्या र गलत सूचना रोकी स्वच्छ प्रतिस्पर्धाका लागि सहयोग गर्ने उद्देश्यले नै आचारसंहिता जारी गरेर कार्यान्वयनमा ल्याएको पनि कावा प्रमुख आयुक्त भण्डारीले बताए ।
‘हामी प्रेस स्वतन्त्रता विरोधी होइनौँ,’ उनले भने, ‘निर्वाचन आचारसंहिता लागु भएका बेला कुराकानीका आधारमा तयार पारिएको सामग्रीका आधारमा हारजित भनी प्रकाशन गरिँदा मानिसलाई दिग्भ्रमित बनाएको छ ।’
एआईको प्रयोग गरेर बनाएका सामाजिक सञ्जालमा पोष्टले पनि भ्रम फैल्याएको उनले बताए । ‘यस्तो प्रचारप्रसार रोकेर स्वच्छ रूपमा निर्वाचन हुने वातावरण बनाऔँ,’ कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने ।









Facebook Comments