
काठमाडौं । पूर्वमन्त्री जितेन्द्रनारायण देव एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सप्तरीको राजविराजस्थित कांग्रेस पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा उनी कांग्रेस प्रवेश भएका हुन् ।
जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सन्तकुमार मण्डल र राष्ट्रियसभा सदस्य रञ्जित कर्णले देवलाई फूलमाला तथा अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् ।
पार्टी प्रवेशपछि नेता देवले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै विशेष महाधिवेशनको नवीन नीति आत्मसात् गरेको बताए । विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय देवले एमाले र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै कांग्रेसको राजनीति गरेका थिए ।
त्यसअघि असार २०८१ मा कांग्रेस छाडेर एमाले प्रवेश गरेका थिए ।










Facebook Comments