विरगंज । नेपाली कांग्रेसले देशान्तर सहकर्मी वरिष्ठ पत्रकार दीपेन्द्र चौहानलाई पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन गरेको छ।

ललितपुरस्थित बी.पी. स्मृति भवनमा रहेको पार्टीको केन्द्रीय कार्यालयबाट माघ २९ गते जारी गरिएको नियुक्ति पत्रमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो।

ad

फागुन २१ गतेको  प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन तथा समानुपातिकतर्फको मतभार बढाउन चुनाव प्रचार–प्रसारलाई थप प्रभावकारी, समन्वयात्मक र व्यवस्थित बनाउने उद्देश्यका साथ चौहानलाई उक्त जिम्मेवारी दिइएको हो।

पत्रकारिता क्षेत्रमा चौहानको लामो अनुभव, सक्रियता र सञ्चारमाध्यमसँगको सुमधुर समन्वयले पार्टीको चुनावी अभियानलाई परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास कांग्रेसले लिएको छ।

पार्टीका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेद्वारा हस्ताक्षरित नियुक्ति पत्र प्राप्त गरेपछि चौहानले आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक र परिणाममुखी ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।