काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई सोमबार साँझ प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ । 

उनका अनुसार निर्वाचन आयोगले आचार संहिता उल्लंघन र सार्वजनिक शान्ति सुरक्षामा अनुसन्धान गर्न पत्राचार गरेको थियो। सो पत्राचारपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। यसैबीच  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न माग गरेका छन् ।

ad

रातको समयमा प्रसाईंलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको उनको भनाई छ । सरकार देशलाई मुठभेडतर्फ धकेल्ने प्रपञ्च गरिरहेको उनको भनाई छ ।