काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई जवाफ फर्काएकी छन् ।

काठमाडौं महानगरका पूर्वमेयर समेत रहेका बालेनले चुनावी प्रचारप्रसारका क्रममा विदेशी चलखेलका कारण काठमाडौंको फोहर सफा गर्न नसकिएको बताएका थिए । 

ad

त्यसको जवाफमा बमले भूराजनीतिक अवस्था भएको देशमा अन्तर्राष्ट्रिय चासो हुनु स्वाभाविक भएको उल्लेख गर्दै फोहोर व्यवस्थापन गर्न नसक्नु प्रशासनिक कमजोरी भएको बताइन् । 

‘संस्था कमजोर हुनु हाम्रो नीतिगत असफलता हो। नेतृत्व जवाफदेही नहुनु हाम्रो राजनीतिक संस्कारको समस्या हो। देशका समस्या एकैछिनमा वा एकैदिनमा समाधान हुँदैनन् भन्ने बुझ्नु र सोहीअनुसार आफ्ना राजनीतिक मुद्दा तय गरी समस्या पहिचान गरेर त्यसको समाधानका लागि स्पष्ट योजना बनाउनु नै नेतृत्वको पहिलो साहस हो,’ उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । 

आफ्नो राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र स्वतन्त्रतामा सम्झौता नगरी मित्र राष्ट्रहरूसँग सन्तुलित, परिपक्व र सम्मानजनक कूटनीतिक सम्बन्ध राख्नुपर्ने बताइन् । 

उनले स्वाभाविक चासो र प्रत्यक्ष हस्तक्षेप दुई फरक फरक कुरा भएको समेत जेनजी अभियन्ता बमले बताइन् ।