काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार बनेका श्रीनिवास यादव जसपा परित्याग गरी एमाले प्रवेश गरेका छन्।

उनले आज पत्रकार सम्मेलन गरी आजैका दिनदेखि जसपा परित्याग गरी एमाले पार्टीका सिद्धान्तलाई अनुसरण गर्दै एमालेका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न लाग्ने बताए।

ad

 जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका यादवले मतादाताको मनोभावना एमाले भन्दा अरूमा नदेखिएको समेत दावी गरे । 
‘देश, जनता र राष्ट्रप्रति वफादार बन्दै आजका मितिदेखि जनता समाजवादी पार्टी नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारी समेत फिर्ता लिँदै नेकपा एमालेमा समाहित भएको घोषणा गर्दछु,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यादवले अहिलेको विषम राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै मुलुकको प्रमुख राजनीतिक शक्तिको रूपमा स्थापित हुने देखिएको समेत दाबी गरे।

यादवलाई रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार वासुदेव घिमिरे, क्षेत्र नं ४ का उम्मेदवार प्रमोद कुमार यादव, एमाले केन्द्रीय सदस्य भुमिश्वर ढकाल, गुमादेवी आचार्य, जिल्ला अध्यक्ष यज्ञ गैरे लगायतले एमालेमा स्वागत गरेका थिए।