काठमाडौं । एमाले र रास्वपाले निर्वाचन आयोगको निर्णयलाई अटेरी गरेका छन् । आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावको घोषणापत्र ३ फागुनभित्र सार्वजनिक गरी आयोगमा एक प्रति बुझाउन निर्देशन दिएको थियो । तर, नेकपा एमाले र रास्वपाले नै घोषणापत्र सार्वजनिक गरेका छैनन् । 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दलहरूलाई आयोगले ३ फागुनभित्रै घोषणापत्र सार्वजनिक आग्रह गरे कानुनीभन्दा नैतिक दबाब दिएको बताए । 

ad

उनले आयोगले आग्रह गरेको समयमा घोषणापत्र नल्याउने दललाई कानुनी कारबाही गर्ने आधार भने नरहेको बताए । उनले भने, ‘यसमा कामकारबाही गर्ने विषय कानुनमा प्रस्ट उल्लेख छैन । यो नैतिकताको विषय हो ।’

कांग्रेसले आजै निर्वाचन आयोगमा घोषणापत्र बुझाउने भएको छ । रास्वपाले ७ फागुनमा घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । तर एमालेले भने अहिलेसम्म टुंगो लगाएको छैन । 

नेकपा, जसपा, राप्रपा, जनमोर्चा, उज्यालो नेपाल, प्रलोपालगायत दलहरूले भने घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।