काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा काठमाडौंको सिफलस्थित भण्डारेश्वर महादेवको दर्शन एवं पूजाआराधना गरेका छन् ।

महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आइतबार पशुपतिनाथको दर्शन गरेपछि भण्डारेश्वर महादेवको दर्शनसहित पूजाआराधना गरेका हुन् ।

ad

राष्ट्रपति पौडेलललाई उक्त मन्दिरका पुजारीले टीका र फूलप्रसाद प्रदान गरेका थिए ।