काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले  महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजाआराधना गरेकी छन्।

महाशिवरात्रि पर्वका अवसरमा आइतबार पशुपतिनाथ क्षेत्र पुगेर उनले भगवान् शिवको पूजा गरेकी हुन्। 

ad

मन्दिर परिसरमा भक्तजनको उल्लेख्य भीड देखिएको थियो। पर्वलाई लक्षित गर्दै पशुपति क्षेत्रमा सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ।

महाशिवरात्रि हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्वमध्ये एक हो। यस दिन देशभरका शिवालयहरूमा पूजा, आराधना र दर्शन गर्ने चलन रहेको छ।