
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको आसन्न प्रतिनिधिसभाको चुनावलाई बंगलादेशको चुनावसँग तुलना गर्दै नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउने दावी गरेका छन् ।
झापाको भद्रपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले अब केही दिन झापाका मतदाता भेट्ने र गुनासो सुन्ने बताए। अबका केही दिन आफु उठेको निर्वाचन क्षेत्र झापा ५ मा घरदैलो कार्यक्रम गर्ने उनको तयारी छ।
चुनावी अभियानका लागि उनी काठमाडौँबाट आज झापा पुगेका हुन्। उनी झापा ५ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छन्। उनले चुनावको वातावरणबारे यसै भन्न सकिने अवस्था नरहेको बताए । चुनाव भएको खण्डमा आफ्नो पार्टीले भाग लिने पनि उनले बताए ।
‘चुनाव हुने भयो भने हामी भाग लिन्छौं । चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि,’ उनले भने ।










Facebook Comments