
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यस वर्ष आठ लाख भक्तजन दर्शनका लागि आउनसक्ने जनाएको छ ।
आइतबार महाशिवरात्रिको अवसरमा दर्शनार्थीको अत्यधिक घुइँचो व्यवस्थापन गर्न चारवटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाइएको छ ।
कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीले महाशिवरात्रिका अवसरमा नेपाल तथा भारतलगायत विभिन्न देशबाट करिब चार हजार साधुसन्तहरूको उपस्थिति हुने जानकारी दिए ।
साधुसन्तका लागि अस्थायी आवास, भोजन तथा सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । उनीहरूलाई तोकिएको स्थानमा बसोबासको व्यवस्था गरी मन्दिर परिसरको अनुशासन कायम राखिने कोषले जनाएको छ ।










Facebook Comments