
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट कैलाश एयरको हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरेका छन् । यसअघि बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएपनि उनी कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाडौँ प्रस्थान गरेका हुन् । झापामा लामो बसाईपछि उनी आज काठमाडौं फर्कन लागेका हुन् ।
मौसमको कारण जहाज डिले हुने भएपछि मध्यान्ह १२ बजे शाह हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरेका हुन्। उनी करिब सवा १ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।
राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शाहको स्वागत गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ भने विमानस्थल वरपरका क्षेत्रमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।










Facebook Comments