काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसका कारण शुक्रबार बिहान तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो लागेको छ ।

ad

यस्तै, महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्नेछ र बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ ।

आज राती भने तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहने महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल र बाँकी भू–भागमा आंशिक बादल लाग्ने समेत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।