काठमाडौं । बागलुङ बजारमा स्कूल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन् । बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटा तर्फ जाँदै गरेको न्यू एभरेष्ट बोर्डिङ स्कुलको ग ३ च ८६२१ नम्बरको न बिहीबार अपराह्न साढे ४ बजे दुर्घटना भएको हो ।

घाइतेहरुलाई उपचारको लागि धौलागिरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ ।

ad

भ्यान मध्यपहाडी लोकमार्गबाट करिब ६० मिटर तल खसेको उनले जानकारी दिए । घाइते विद्यार्थीको पहिचान नखुलेको उनले बताए । थप विवरण आउन बाँकी छ ।