काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा शंका नगर्न आग्रह गरेकी छन् । उनले हिमाली क्षेत्रमा पनि फागुन २१ मै निर्वाचन हुने बताएकी हुन् ।

उच्च हिमाली क्षेत्रको अवस्था बुझ्न आज बिहानै सोलुखुम्बुको नाम्चे र सल्लेरी आएकी प्रधानमन्त्री कार्कीले सरोकारवालासँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै चुनाव फागुन २१ गते एकै चरणमा हुने बताईन् ।

ad

उनले सुरक्षाको दृष्टिकोणले पनि यसको प्रत्याभूति दिलाउन आफूहरु तम्तयार रहेको समेत बताइन् । चुनाव सफल पार्न सरकारको सिंगो ध्यान गएकाले ढुक्कले मतदान गर्न उनले अपिल समेत गरिन् ।

यसअघि प्रधानमन्त्री कार्कीलाई जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला, प्रमुख जिल्ला अधिकारी लीला केसी पाण्डे, मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रहरी नायब उपरीक्षक मनोजित कुँवर लगायतले स्वागत गरेका छन् ।