काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँका नेता प्रणयशम्शेर राणाले पार्टीभित्रको प्राइमरी निर्वाचनमा पनि आर्थिक अपचलन भएको आरोप लगाउँदै पार्टीको सबै जिम्मेवारीबाट राजीनामा गरेका छन् । 


राणाले पार्टीमा आबद्ध भएयता आफूले आन्तरिक लोकतन्त्र, सुशासन र आर्थिक पारदर्शिताको विषयमा बहस पैरवी गर्दै आएको तर पार्टी केन्द्रले आफ्नो अनुकूल सङ्गठन र साङ्गठनिक संरचनामा मात्रै केन्द्रित भएको आरोप लगाएका छन् । उनले सुशासन, जवाफदेहिता, आर्थिक पारदर्शिता अब पार्टीको नारामा मात्रै रहेको अभ्यासमा फिटिक्कै नरहेको आरोप समेत लगाएका छन् । 

ad

 उनले आफ्नो राजीनामाबाट प्रभावित हुने स्वदेश र विदेशमा रहेका सङ्गठन र शुभेच्छुकहरुमा क्षमा समेत मागेका छन् ।