
काठमाडौं । फागुन १ गतेदेखि लागू हुने गरी राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम १ फागुनबाट लागु हुनेगरी अधिवेशन अन्त्य गरेका हुन् ।
गत सोमबार माघ २६ गतेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार राष्ट्रपतिले आज अधिवेशन अन्त्य गरेका हुन्।
संसद् सचिवालयका अनुसार नयाँ निर्वाचित भएर गठन हुने प्रतिनिधिसभा र नवनिर्वाचित राष्ट्रियसभाका सदस्य सम्मिलित दुवै सभाको बैठक अर्को अधिवेशनमा सँगै बस्ने तयारी छ ।









Facebook Comments