
काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सञ्जालमा चर्चा गरे जस्तो अवस्था भूगोलमा नरहेको दाबी गरेको छ । आज काठमाडौं अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले चुनावी माहोलको विश्लेषण गर्दै यस्तो निष्कर्ष सुनाएका हुन् ।
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको पृष्ठभूमिमा सञ्चारकर्मीले बालेन शाहको लोकप्रियतालाई कत्तिको चुनौती ठान्नुहुन्छ ? भनेर सोधेका थिए । जवाफमा उनले ‘सामाजिक सञ्जाल र वास्तविकबीच धेरै भिन्नता रहेको’ बताएका हुन् । चालिसेले रास्वपा सभापति रवि लामिछाने र बालेनको सहकार्य लामो समय नटिक्ने ठोकुवा समेत गरेका छन् ।
‘रवि र बालेनको जुन प्रसंग छ, उनीहरूको रहरले गठबन्धन बनेको होइन’, उनले भने, ‘यो त गराइएको गठनबन्धन हो, यसको भर छैन, केही समयमै नतिजा हामीले देखिहाल्छौँ ।’ रास्वपाले रविको क्रेज घट्दै गएपछि पार्टीको साख जोगाउनको लागि मात्रै बालेनलाई पार्टीमा भित्र्याएको चालिसेको ठहर छ ।
‘सहकारी ठगीमा मुछिएर एउटाको आकर्षण घटेपछि अर्कोलाई ल्याएर राखिएको मात्र न हो, त्यो पार्टीको के कुरा गर्नु’, उनले सुनाए ।










Facebook Comments