
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इतिहासको हर मोडमा कांग्रेसले देशलाई निकास दिने सामथ्र्य प्रस्तुत गरेको बताएका छन् । दाङको घोराहीमा आयोजित जिल्लास्तरीय भेलामा बोल्दै शर्माले निर्वाचन नजिकिँदै गर्दा मतदाताले गम्भीर भएर निर्णय लिनुपर्ने बताए ।
कांग्रेसले देशभित्रका भिन्न शक्ति, भिन्न दल र भिन्न समुदायको समन्वय गरेको उनले बताए । संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेस पहिलो दल बनेको बेलामा दुई वर्षभित्रै देशले संविधान पाएको उनले स्मरण गरे ।
‘०६४ मा झैँ गल्ती गर्ने कि ०७० मा झैँ विवेक पुर्याउने ?,’ उनले प्रश्न गर्दै भने, ‘किनकि मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, विषम परिस्थितिबाट देशलाई नवीन निकासमा कसले पुर्याउन सक्छ भन्ने हो ।’
उनले भने, ‘०६४ को चुनावमा कांग्रेस दोस्रो दल बन्यो, चार वर्ष खेर गयो तर देशले नयाँ संविधान पाएन । संविधानसभाको दोस्रो निर्वाचन ०७० बाट कांग्रेस पहिलो दल बन्यो, दुई वर्षभित्रै देशले संविधान पायो ।’
अब भिन्न पुस्ताको पनि समन्वय गरेर देशलाई आजको अवस्थाबाट नयाँ विश्वासको चरणमा पुर्याउने क्षमता कांग्रेस राख्ने उनले बताए ।










Facebook Comments