काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारी सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती र जनताले भोग्नुपरेको सास्तीप्रति चिन्ता व्यक्त गर्दै डिजिटल गभर्नेन्सको आवश्यकता औंल्याउँदै सरकारी कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गरी सेवाग्राहीलाई चुस्त ढंगले सेवा दिनका लागि आफ्नो योजना सार्वजनिक गरेका छन् । 

सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले राज्यले दिने सेवामा लाइन बस्नुपर्ने बाध्यता र फाइल घुमाएर काम अल्झाउने प्रवृत्तिको अन्त्यका लागि प्रविधिमैत्री प्रशासन नै एक मात्र विकल्प रहेको बताएका छन् । आम नागरिकका लागि सामान्य सरकारी सेवा लिनु पनि हैरानीको विषय बनेको उल्लेख गरेका छन्। 

ad

थापाले अबको प्रशासनिक संरचना चुस्त र नतिजामुखी हुनुपर्नेमा जोड दिएका छन्। उनले भनेका छन्–नागरिक सरकारको ढोकामा पुग्नै नपरोस्। पुग्नु परे पनि एक पटकभन्दा बढी जान नपरोस्। र फर्किंदा धिक्कार सरकार होइन, ुधन्यवाद सरकारु भन्ने अवस्था सिर्जना होस्।