काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्चपदस्थ अधिकारीलाई धम्की दिएको आरोपमा फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई आज बिहान काठमाडौं ल्याइएको छ ।


इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा पाठकलाई काठमाडौं ल्याइएको हो । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युजन नोटिस जारी भएका उनलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई) को फरार अभियुक्त खोजी युनिटले मालोलोस सहरबाट पुस तेस्रो साता पक्राउ गरे पनि कानुनी प्रक्रिया पुरा गरेर अनुसन्धानका लागि आज काठमाडौं ल्याइएको थियो । परिसरको टोली पाठकलाई लिन फिलिपिन्स पुगेको थियो ।

ad

परिसरको हिरासतमा राखेर पाठकविरुद्ध अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ ।  विद्युतीय कारोबार ऐन, आपराधिक लाभ जस्ता विषयमा पाठकमाथि अनुसन्धान हुने बताइएको छ ।