काठमाडौं। नेपाली सेनाले पाकिस्तानमा आयोजित नवौँ पाकिस्तान आर्मी स्पिरिट प्रतियोगितामा स्वर्णपदक जितेको छ ।

यही माघ २२ गतेदेखि २४ गतेसम्म पाकिस्तानको पन्जाव प्रान्तको खरियाँस्थित ‘नेसनल काउन्टर टेरोरिजम सेन्टर’मा आयोजित प्रतियोगितामा सर्वोत्कष्ट अंकसहित स्वर्णपदक जितेको नेपाली सेनाले जनाएको छ ।

ad

प्रतियोगितामा पाकिस्तानसहित १७ राष्ट्रका ३८ सैनिक टोली सहभागी थिए । अभ्यासमा टोलीहरुको शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान, रण कौशललगायतका क्षमताको परीक्षण गरिएको थियो । 

सन् २०१६ देखि वार्षिक रुपमा सञ्चालन हुँदै आएको अन्तरराष्ट्रिय स्तरको उक्त प्रतियोगितामा नेपाली सेनाले यसअघि सन् २०२२ र सन् २०२५ मा पनि स्वर्णपदक प्राप्त गरेको थियो ।