काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी नेपालका राजनीतिक पार्टीहरूमध्ये सबैभन्दा नयाँ पार्टी भएको दाबी गर्दै नेता तथा कार्यक्र्ताहरुलाई पार्टीका नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संंयोजक प्रचण्डले पार्टी गठन पनि गत कात्तिक १९ गते भएकाले सबै हिसाबले नेकपा नयाँ पार्टी भएको दावी गरे । 

ad

प्रचण्डले कतिपयले अहिले नयाँ र पुरानाबारे गलत भाष्य बनाइएको भन्दै त्यसलाई चिर्न नेता कार्यकर्तालाई निर्देशन दिए । सामाजिक सञ्जालको भरमा गरिने राजनीतिलाई ‘स्टन्टबाजी’ को संज्ञा दिँदै फिल्डमा त्यस्तो प्रभाव नरहेको उनको भनाई थियो । नयाँ स्थानहरूमा भ्रम दिन सजिलो हुने भए पनि जनताले नेताहरूको काम र क्षमताको मूल्याङ्कन गरिसकेको उनले बताए ।