काठमाडौं–काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जाँदै गरेको बस रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी भन्ने ठाउँमा तामाकोशी नदीमा खसेर दुर्घटना हुँदा हालसम्म ५ जनाको मृत्यु भएको छ ।

प्रदेश ३ ०१–००५– ९९७५ नम्बरको बस दुर्घटनामा परेको खुलेको रामेछाप प्रहरीले जनाएको छ । बस सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खसेको हो।

ad

दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ । हालसम्म ३ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ ।