
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएर आएको भन्दै कांग्रेसको विश्वासलाई अब भोटमा बदल्न आग्रह गरेका छन् ।
आज सुनसरी निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन आग्रह गरे ।
सभापति थापाले भने, ‘तपाईहररूले कांग्रेस र मलाई विश्वास गर्नु भएको छ, माया गर्नु भएको छ। अब यो क्षेत्रबाट राजीव कोइराला दाईलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु। बाँकी कुरा पूरा गर्नेछु। मैले तपाइहरूको विश्वासमा परेको छु। हामीले भनेका कुरा पूरा गरेका छौ, कांग्रेस बदलिएर आएको छ। ‘
उनले अहिले निर्वाचन आचारसंहिताका कारण धेरै बोल्न मिल्ने अवस्था नरहेको बताउँदै उनले बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्ने दावी समेत गरे ।










Facebook Comments